काठमाडौं - साताको चौथो कारोबार दिन आज बजार खुलेको एक घण्टाको अवधिमा एनआईसी एशिया लघुवित्तको सर्वाधिक कारोबार भएको छ ।
कारोबारमा आएका २१३ ओटा धितोपत्रमध्ये एनआईसी एशिया लघुवित्तको सर्वाधिक ९ करोड ८३ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १२० मा कारोबार भइरहेको छ । यो शेयमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २२ रुपैयाले कमि हो ।
५.४१ प्रतिशत नगद लभांश मात्र वितरण गर्ने प्रस्ताव गरेसँगै कम्पनीको शेयरमा विक्रेता हाबी हुँदा मूल्य घटेको हो ।
प्रतिक्रिया