काठमाडौं - आज साताको चौथो कारोबार दिन बुधवार तीन ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड,ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । त्यस्तै ग्लोबल आइएमई लघुवित्त र सबैको लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक लाभांश प्रस्ताव गरेकाले लगानीकर्ताको आकर्षण ती कम्पनीको शेयरमा भएकोे हो ।
प्रतिक्रिया