काठमाडौं – भारतीय अभिनेता कादर खानको निधन भएको छ । ८२ वर्षीय खानको क्यानडास्थित एक अस्पतालमा मंगलबार निधन भएको हो ।
केही वर्षयता अस्वस्थ उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । उनलाई प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअडर थियो, जसका कारण उनको मष्तिस्कले काम गर्न बन्द गरेको थियो ।
भारतीय सञ्चार माध्यम नवभारत टाइमले छोरा सरफराजलाई उद्धृत गर्दै कादर खानको मृत्यु भएको समाचारको पुष्टि गरेको जनाएको छ ।
२२ अक्टोबर १९३७ मा जन्मिएका खानले सन् १९७३ मा दाग फिल्मबाट अभिनय सुरु गरेका थिए । तीन सय भन्दा बढी फिल्ममा काम गरेका उनले २५० भन्दा बढी फिल्मका लागि सम्वाद पनि लेखेका छन् ।
प्रतिक्रिया