काठमाडौं । विगत डेढ वर्ष पहिलेसम्म पनि नेपाल विद्युत् प्राधिकरणलाई घुस्याहा निकायको रुमपा लिइने गरिन्थ्यो । प्राधिकरणका कार्यरत कर्मचारीलाई नेपाली नागरिकले हेर्ने नजर समेत सकारात्मक थिएन । पछिल्लो पटक ऊर्जा मन्त्रीका रुमपा जनार्दन शर्माले खेलेको भूमिका कारण प्राधिकरणको साख प्रभावकारी रुमपा वृद्धि भएको छ ।
निरन्तर घाटामा रहेको प्राधिकरणलाई सबैले हेयको दृष्टिले समेत हेर्ने गर्दथे । पछिल्लो पटक प्राधिकरण करिब करिब नाफामा पुगेको छ । आर्थिक सूचांकहरु सकारात्मक देखिन थालेका छन् । आर्थिक रुपमा सबल र सक्षम बन्दै गएपछि प्राधिकरणले आम नागरिकलाई शेयर दिने तयारी गरेको छ ।
प्राधिकरणको ऐनमा नै सर्वसाधारणलाई शेयर जारी गर्न सकिने व्यवस्था भएकाले सोहीअनुसारको प्रक्रिया समेत अगाडि बढाइएको छ । सरकार स्वामित्वको नेपाल टेलिकमले साधारण शेयर जारी गरिसकेको छ । सोही दिशामा प्राधिकरणले पनि आम नागकिरलाई साधारण शेयर९आइपिओ० जारी गर्ने भएको छ ।
विद्युत प्राधिकरणले साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने तयारी गरेको छ । प्राधिकरणको कूल सम्पत्ति रु एक खर्ब बराबरको रहेको छ । प्राधिकरणको सञ्चित घाटा विगत वर्षहरुमा भएको रु २८ अर्ब रहेको छ । सरकारले एक पटक रु २९ अर्बको घाटा अपलेखन गरी प्राधिकरणलाई घाटा मुक्त बनाइदिएको थियो । मुकेशराज काफ्ले जस्ता व्यक्तिका कारण प्राधिकरणको घाटा पुनः चुलिएर रु २८ अर्ब पुगेको थियो ।
कति जारी होला त आइपिओ रु
प्राधिकरणले हालको अवस्थामा हेर्दा रु २५ अर्ब बराबरको साधारण शेयर जारी गर्न सक्छ । कूल पूँजीको २५ प्रतिशत आइपिओ जारी गर्न सकिने व्यवस्था भएकाले कूल पूँजीको २५ प्रतिशतले हिसाब गर्दा रु २५ अर्ब बराबरको आइीपओ जारी गर्न सकिने देखिन्छ ।
कूल सञ्चित नोक्सानीलाई नाफामा ल्याएपछि आईपीओ निष्कासन गर्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
ऊर्जा, सिंचाई तथा जलस्रोतमन्त्री वर्षमान पुनलाई प्राधिकरणको गतिविधिको बारेमा जानकारी दिदै कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणको लगानी खुला गर्न सकिने जानकारी दिएका हुन् ।
उनले आयोजना बनाउनका लागि सर्वसाधारणका लागि लगानी खुला गर्नुपर्ने धारणा राखेका छन् । उनले हाल रहेको संचित नोक्सानीलाई अपलेखन ९राइटअफ० गर्नका लागि मन्त्री वर्षमान पुनको ध्यानकर्षण समेत गराएका छन् ।
पछिल्लो समय प्राधिकरणप्रति आम नागरिकको सद्भाव समेत बढेको छ । नागरिकले प्राधिकरणलाई विश्वास मात्रै नभई सहयोग समेत गरेका छन् । यस्तो अवस्थामा अब सर्वसधारणलाई पनि प्राधिकरणको स्वामित्व प्रदान गरिनुपर्दछ । त्यसका लागि हामी तयार छौ – कार्यकारी निर्देशक घिसिङले भने । उनले संचित नोक्सानी अपलेखन हुनसाथ आईपीओको प्रक्रिया अघि बढाउने बताए ।
उनले विद्युत प्राधिकरण ऐनमा आईपीओ निष्कासन गर्ने व्यवस्था भएकाले पनि कानुनअनुसार सर्वसाधारणमा जानै पर्ने वाध्यता रहेको छ ।
पछिल्लो आर्थिक विवरणअनुसार चालु आर्थिक वर्षदेखि विद्युत प्राधिकरण नाफामा जाने अवस्था देखिएको छ । मुलुक लोडसेडिङमुक्त भएकाले पनि नागरिकमा विश्वासको मात्रा बढेको उनले सुनाए ।
कुन कुनले जारी गरे आइपिओ रु
प्राधिकरणका सहयाक कम्पनीहरु माथिल्लो तामाकोशी सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड लगायतले सर्वसाधारणका लागि आईपीओ बिक्री गरिसकेका छन् ।
यी कम्पनीमा विद्युत प्राधिकरणले रु २५ अर्ब शेयर लगानी गरिसकेको छ । उनले वैदेशिक ऋणको ब्याजदर ८ बाट ५ प्रतिशतमा झान ऊर्जामन्त्रीको ध्यानकर्षण गराएका छन् ।
विद्युत प्राधिकरणले निजी प्रवद्र्धकसंग ४ हजार मेगावाट बराबरको विद्युत खरिद सम्झौता ९पीपीए० गरेको छ । यस्तै ५ हजार मेगावाट पीपीएको प्रतिक्षामा रहेका छन् ।
प्रतिक्रिया