कुवेतको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कुवेतको कम्पनीले क्लिनर लेबरका लागि १५० जना पुरुष कामदार र नर्मल लेबरका लागि १०० जना पुरुष कामदार गरी जम्मा २५० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्न सहित २९ माथि पाउनेछन् । इच्छुक कामदारले एस आर के प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा असोज २७ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया