काठमाडौैंं - हिमाली जिल्लाहरुको अधिवेशनमा नेपाली कांग्रेसको संस्थापन इतर समूह बलियो देखिएको छ।
१४औँ महाधिवेशन अन्तरगत दसैँ अघि हिमाली क्षेत्रका २१ जिल्लामा अधिवेशन भइरहेको छ । २१ मध्ये परिणाम आएका १० जिल्ला मध्ये ६ जिल्लाको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले हात पारेको छ भने चार जिल्लाको सभापति संस्थापन पक्षले पाएको छ ।
संस्थापन इतर समूहबाट मुस्ताङमा रोमी गौचन थकाली, कालिकोटमा अम्मबहादुर शाही, रुकुम पूर्वमा केशरमान रोका, संखुवासभामा दीपक खड्का, गोरखामा नन्दप्रसाद न्यौपाने र दोलखामा बर्मा लामा निर्वाचित भएका छन् ।
सभापति शेरबहादुर देउवा पक्षबाट मनाङमा शंकर गुरुङ, हुम्लामा मोहनविक्रम सिंह, ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ र रामेछापमा पूर्णबहादुर तामाङले नेतृत्व पाएका छन् ।
जिल्ला सभापतिको जित्ने वित्तिकै त्यस जिल्लाबाट आउने महाधिवेशन प्रतिनिधिको संख्या पनि स्वतः बढ्ने कांग्रेस नेताहरु बताउँछन् । सबै हिमाली जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र भएकाले जिल्ला सभापतिसहित २५ जना महाविधशेन आउनेछन् ।
यस्तै कांग्रेसले क्रियाशिल सदस्यता विवादका कारण अहिलेसम्म वडा अधिवेशन पनि नभएका १३ जिल्लामा दसैँ लगत्तै अविधेशन गर्ने भएको छ ।
प्रतिक्रिया