काठमाडौं- बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओको प्रि अलोटमेन्ट भोलि हुने भएको छ ।
बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार भोलि प्रि अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्विकृती दिएमा यसै शुकब्रार बाँडफाँड गरिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।
अन्तिम दिनसम्म २१ लाख ११ हजार ८ सय १९ जना आवेदकहरूले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा धेरैको आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउने छन् ।
प्रतिक्रिया