काठमाडौं - मलेसियाको एक टप ग्लोव्समा कार्यरत एक नेपाली कामदारको ड्युटीमा रहेको अवस्थामा मृत्यु भएको छ ।
मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले चितवनका पुष्पा तामाङको सोमबार राति मलेसियाको केलाङ मेरुमा रहेको टप ग्लोव्स कम्पनी भित्र ड्युटीमै रहेको बेलामा उनको मृत्यु भएको बताएका छन् ।
कम्पनीमा कार्यरत रहेकै बेला अचानक मुर्छा परेर लडेका तामाङलाई सहकर्मीहरूले जाँच गर्दा मृत्यु भैइसकेको पाइएको बताएका छन् । लामो समयदेखि मलेसियामा काम गर्दै आएका तामाङ मलेसिया सरकारले दिएको अवैधानिकलाई वैधानिक बन्ने अवसर ‘रिहाईरिङ कार्यक्रम’को सदुपयोग गरेर वैधानिक भई टप ग्लोव्स कम्पनीमा काम शुरू गरेको बताईएको छ ।
प्रतिक्रिया