न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिनेको ओइरो, कति पर्‍यो ?

४ बर्ष अगाडि

काठमाडौं - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको छ ।

अन्तिम दिन मंगलबार साँझसम्ममा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकहरूले २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १४.०८ गुणा धेरै हो । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ५५ अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष, २५ अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया