काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ५ हजार ८९३ र एन्टिजेन विधिबाट ४ हजार ९८१ गरि कुल १० हजार ८७४ जनाको परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार जना निको भएका छन् भने थप १० जनाको मृत्यु भएको छ । यो संगैं मुलुकभर ७ लाख ७० हजार २२४ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १७४ जनाको मृत्यु भएको छ ।
हाल देशभर ६ हजार ६०६ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया