काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च(नेप्से) मा कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक करिब १० अंकले उकालो लागेको छ ।
कारोबारको पहिलो घण्टामा ९.९० अर्थात ०.३८ प्रतिशतले उकालो लाग्दै २५८७.३९ को बिन्दुमा पुगेको हो ।
सो अवधीसम्ममा कारोबारमा आएका २०७ कम्पनीको २१ लाख ९२ हजार १९२ कित्ता शेयर १४ हजार ३२६ पटकको कारोबारमा १ अर्ब १८ करोड ८ लााख रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, १२ बजेसम्म कारोबारमा आएका २०७ कम्पनी मध्ये ११२ कम्पनीको शेयरमुल्य बढेको छ भने ५८ कम्पनीको शेयरमुल्य ओरालो लागेको हो ।
प्रतिक्रिया