आशा लघुवित्तको  २६.३१ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २५ प्रतिशत बोनस शेयर रहेको छ भने १.३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुमा वितरण गरिनेछ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया