काठमाडौं - यातायात व्यवसायीले असोज ११ गतेबाट दसैँमा घर जानका लागि लामो तथा मध्यम दुरीको बसको टिकट बुकिङ खुला गरिसकेका छन् । तर, टिकट काट्न जानेहरुको संख्या भने निकै कम देखिएको छ ।
अघिल्लो वर्षका कोरोना महामारी शुरु हुनुभन्दा अघिका दसैँहरूमा टिकट खुल्नासाथ काठमाडौंको नयाँ वसपार्कमा टिकट काट्न मारामार चल्थ्यो । २ वर्ष अगाडिसम्म करिब १८ देखि २० लाख मानिसले दशैं मान्न काठमाडौं छोड्ने गरेको छ ।
अघिल्लो वर्ष कोरोना उत्कर्षमा रहेकोले दशैंमा घर फर्किनेहरुको संख्या अति न्यून भए पनि यसपटक महामारी केही न्यून भएको र उपत्यकामा रहेका अधिकांशले खोप समेत लगाइसकेकोले घर फर्किनेहरुको चाप फेरि अनुमान गरिएको थियो ।
तर, अनुमान गरिए भन्दा अवस्था उल्टो रहेको र दशैंको बेलासमेत सीट खाली राखेर गाडी कुदाउनु पर्ने अवस्था रहेको व्यवसायीहरु बताउंछन् ।
प्रतिक्रिया