पुटिनले प्रेमिकाका लागि १० करोड डलर बराबरको अवैध सम्पत्ती जम्मा गरिदिएको खुलासा

४ बर्ष अगाडि

एजेन्सी - रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले प्रेमिकाका लागि मंहगो अर्पाटमेन्ट र एउटा याचसहित करिव १० करोड डलर बराबरको अवैध सम्पत्ती जम्मा गरिदिएको खुलासा भएको छ । 

अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल  ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ ९आईसीआईजे० ले देशबाहिर कर छल्न स्थापना गरिएका अफशोर कम्पनीवारे तयार पारेको  दस्तावेज प्यान्डोरा पेपर्सले यस्तो सार्वजनिक गरेको हो । 

राष्ट्रपति पुटिन आफ्नो गृह जिल्ला सेन्ट पिटर्सवर्गको उपमेयर भएदेखि नै रसियाली सुन्दरी स्भेटलाना क्रिभोनोगिखसँग जोडिएका छन् । ४६ वर्षीय स्भेटलानाको तर्फबाट पुटिनको एक छोरीसमेत भएको बताइन्छ । 

अफसोर कम्पनीमार्फत क्यारिवियन र भर्जिन आइल्यान्डमा स्भेटलानाले अबैध कारोबार गरेको आईसीआइजेको दस्तावेजमा उल्लेख छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया