नेपाली काँग्रेस ताप्लेजुङमा संस्थापन पक्षको हाबी, सभापतिमा तुम्याहाङ बिजयी

४ बर्ष अगाडि

ताप्लेजुङ - नेपाली काँग्रेस ताप्लेजुङको सभापतिमा संस्थापन पक्षका गजेन्द्र तुम्याहाङ निर्वाचित  भएका छन् । 

एक उपसभापति बाहेक तुम्याहाङको प्यानलनै निर्वाचित भएको हो । सभापतिमा तुम्याहाङले छबिलाल गुरुङलाइ पराजित गरेका छन् । यस्तै उपसभापतिद्धयमा गुरुङ समूहका गणेशबहादुर चोङ्वाङ र तुम्याहाङ समूहका डिल्लीरमण बराल निर्वाचित भएका छन् । 

सचिवद्धयमा तुम्याहाङ समूहका डम्बर(युकहाङबीर) हाङ्गाम र नन्दकुमार ओझा तथा सहसचिवद्धयमा तुम्याहाङ समूहकै जंग(तेज)सुनुवार र नन्दकुमार आङ्बुहाङ निर्वाचित भएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया