धितोपत्र बोर्डले नेप्सेलाई माग्यो केही कम्पनीको शेयर कारोबारसँग सम्बन्धीत विवरण

४ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग केही कम्पनीको शेयर कारोबारसँग सम्बन्धीत विवरण माग गरेको छ ।  बोर्डले अन्तरिक सूचनाका आधारमा कानुन विपरित कारोबार भएको आशंकामा ती कम्पनीहरुको कारोबार विवरण नेप्सेसँग माग गरेको हो ।

बोर्डले केही दिन अघि नेप्सेलाई पत्राचार गर्दै रैराङ्ग तथा रिडी हाइड्रो डेभलमेन्ट कम्पनीको शेयर कारोबारमा इन्साइडर भएको आशंका गर्दै नेप्सेसँग विवरण मागको छ । दुबै कम्पनीमा एकै व्यक्ति अध्यक्ष रहेको अवस्थामा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको शेयर बिक्री गरेपछि बोर्डले थप अध्ययनका लागि विवरण माग गरेको हो ।

यसभन्दा अघि बोर्डले एनएआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले हिमालयन पावर पार्टनरको शेयर बिक्री गरेपछि अध्ययन गरेको थियो । एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन दुबै कम्पनीको अध्यक्षमा गैरआवासीय नेपाली जीवा लामिछाने अध्यक्ष छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया