ताप्लेजुङबाट नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिहरुमा अधिकाँस संस्थापन पक्षका निर्वाचित

४ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङबाट नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा अधिकाँस संस्थापन पक्षका निर्वाचित भएका छन् । जसमा प्रत्यक्ष महिलातर्फ निर्वाचित हुने ४ जनामा गीतादेवी सेन्दाङ, लिलादेवी बोखिम, माला पालुङ्वा र कल्पनादेवी सिटौला रहेका छन् । 

यस्तै प्रत्यक्ष खुल्लातर्फ बलबहादुर तामाङ, खगेनसिंह हाङ्गाम, प्रतापप्रकाश हाङ्गाम, केशवप्रसाद दाहाल, युवराज गुरुङ, अमिर मादेन, छोवाङ लण्डुक शेर्पा, टीकाराम गुरुङ, मणि लामा र रामकुमार थेबे निर्वाचित भएका छन् । 

खस आर्य महिलातर्फ तारादेवी भट्टराई र खस आर्य पुरुषतर्फ युवराज बस्नेत निर्वाचित भएका छन् । जनजाति खुल्लातर्फ इन्द्र केदेम, विश्वराज नाल्वो, बीरेन्द्र श्रेष्ठ र राज थेबे निर्वाचित भएका छन् । दलिततर्फ टिकेन्द्रजीत नेपाली निर्वाचित भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया