जापानले माग्यो नेपाली कामदार, मासिक तलब २ लाख १५ हजार माथि

४ बर्ष अगाडि

काठमाडौं - जापानको दुई कम्पनीले नेपाली कामदारको माग गरेको छ । जापानको टोक्यो सहरमा रहेको cooperative society forward कम्पनीले ३ जना पुरुष र kikuchi kogyosho co LTD कम्पनीले ४ जना पुरुष कामदार गरी जम्मा ७ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब एक लाख ६५ हजार माथिदेखि दुई लाख १५ हजार पाउनेछन् । खाने बस्नेको व्यवस्था कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले पासा इनटरनेशनल प्रालिको कार्यालय  कुपनडोल ललितपुरमा असोज २४ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च कामदार आफैले बेहोर्नु पर्ने छ । भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया