एजेन्सी - लुईस सुआरेज चम्कँदा एथलेटिको म्याड्रिडले जित निकालेको छ । शनिबार भएको ला–लिगा फुटबलमा एथलेटिको म्याड्रिडले बार्सिलोनालाई २–० ले हरायो ।
सुआरेजले पहिलो गोलका लागि थोमस लेमारलाई पास मिलाइदिएका थिए भने दोस्रो गोल आफैं गरेका थिए । आरेजले दोस्रो गोल गरेसँगै खुसी साट्न एथलेटिकोका अन्य खेलाडीहरु उनी भएका ठाउँमा झुम्मिएका थिए ।
यद्यपि, सुआरेजले गोलको खुसी मनाएनन् । अरु, दुई हात जोडेर बार्सा समर्थकहरुसँग माफी मागे । सुआरेजले २०१४ देखि २०२० सम्म बार्सिलोनाबाट खेलेका थिए ।
उनले यसक्रममा १ सय ९१ खेलमा १ सय ४७ गोल गरे । सुआरेज छँदा बार्सिलोना युरोपकै शक्तिशाली क्लब थियो । तर, यस सिजन बार्सिलोनाबाट कप्तान लियोनल मेस्सी पनि बाहिरिए । जसकारण, क्लब निकै ठूलो संकटमा छ ।
एथलेटिकोमा आबद्ध भएपनि सुआरेजले आफ्नो पूर्व क्लब प्रतिको सम्मान भने त्यागेका छैनन् । उनले एथलेटिकोमा आबद्ध भएयता बार्सिलोनाविरुद्ध गरेको यो पहिलो गोल हो ।
गत सिजन सुआरेजे नै अन्तिम खेलमा निर्णायक गोल गर्दा एथलेटिकोले ला–लिगा उपाधि जितेको थियो ।
प्रतिक्रिया