साल्ट ट्रेडिङको साधारण सभा कात्तिक १६ गते, लाभांश प्रस्ताव कति ?

४ बर्ष अगाडि

काठमाडौं, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५४औं वार्षिक साधारण सभा कात्तिक १६ गते गर्ने भएको छ ।

सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने हुनेछ । सभाले आव २०७६र ७७ को मुनाफाबाट शेयरधनीलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै आव २०७७र ७८ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया