साहस उर्जाको आईपीओमा लक्की नम्बर २ !

४ बर्ष अगाडि

काठमाडौं - साहस उर्जा कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड आज सम्पन्न भएको छ । 

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको उक्त ९आईपीओ० को बाँडफाँड आज बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा सम्पन्न भएको हो ।

गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर २ रहेको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र योग्य थियो । 

जस अनुसार ६ लाख ४४ हजार जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी  जनाको भने हात खाली भएको छ ।  कम्पनीले  प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । 

जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया