साहस उर्जाको आईपीओ रिजल्ट ४ तरिकाबाट हेर्न सकिने

४ बर्ष अगाडि

काठमाडौं - साहस उर्जा कम्पनी लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ ।

उक्त आईपीओको बाँडफाँड आन बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा सम्पन्न भएको हो ।

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, एनआईबिएल एस क्यापिटल लिमिटेडकाे वेभसाइट (https://niblcapital.com/),  साहस उर्जा कम्पनी लिमिटेडकाे वेभसाइट (https://sahasurja.com/) र  मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । 

जसमध्ये, २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र योग्य थियो । जस अनुसार ६ लाख ४४ हजार जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको भने हात खाली भएको छ । 

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया