काठमाडौं - नेपालको प्रदेश १ र प्रदेश २ बाट वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने कामदार अत्याधिक देखिएका छन् । सेन्टर फर माइग्रेसन एण्ड इन्टरेशनल रिलेसन (सीएमआईआर) ले गत वर्ष गरेको अध्ययनमा उक्त अवस्था देखिएको हो ।
अध्ययन प्रतिवेदन शनिवार पोखरामा सार्वजनिक गरिएको हो । अनुसन्धानकर्ताका अनुसार वैदेशिक रोजगारीमा खाडी मुलुक जाने अधिकांश नेपाली कामदार अदक्ष तथा अर्धदक्ष देखिएका छन् ।
आवश्यक सीप र दक्षता विना गएका कामदार ठगिने र श्रम शोषणमा पर्ने पाइएको पनि जनाएको छ ।
प्रतिक्रिया