दक्षिण कोरियाको एक अपार्टमेन्टबाट खसेर नेपाली कामदारको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - दक्षिण कोरियाको ईन्छनस्थित सोङ्दोको एक अपार्टमेन्टबाट खसेर एक नेपाली कामदारको मृत्यु भएको छ । 

अपार्टमेन्टका बाहिरी भागमा रहेको सिसा पुछने खसेर २९ वर्षीय नेपाली कामदारको मृत्यु भएको हो । उनको नाम भने खुलाइएको छैन । 

मृतकको टाउकोमा ठुलो चोट लागेको छ । ईन्छन् प्रहरीले प्रहरीले कम्पनीले सुरक्षा सम्बन्धी मापदण्ड पालना गरे नगरेको बिषयमा अनुसन्धान थालेको बताएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया