काठमाडौं - वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका थप १२ जना नेपालीको शव र अस्तु नेपाल ल्याइएको छ । उनीहरूको शव तथा अस्तु शनिबार बिहान नेपाल आइपुगेको हो ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार देउमाई नगरपालिका–९ इलाम निवासी खाम्बा सिंह लाया मगर, जुनिचाधे–७ जाजरकोट निवासी खडग बहादुर शाही, घोराही–११ दाङ निवासी कमल ओली क्षेत्री, बुलिङ्टार–४ नवलपरासी निवासी केशर बहादुर राणा र पुष्कर निरौला ग्रामथान–४ मोरङ निवासी ओम नारायण माझी, स्वारना–८ गोरखा निवासी पुर्णबहादुर भट्ट क्षेत्री गरि ७ जनाको शव नेपाल ल्याइएको हो ।
कोरोना लगायत अन्य जटिल रोगले मृत्यु भई शब नेपाल ल्याउन नमिलेका फिदिम–९ पाँचथर निवासी मन कुमार तामाङ, डाँडाँखर्क–४ धादिङ निवासी हर्क बहादुर घले,ढक्नेश्वरी–७ ब्रम्हपुर सप्तरी निवासी रुद्र कान्त राय, फाकुम्बा–८ ताप्लेजुङ निवासी बल बहादुर लिम्बु, गोरखा–११ निवासी दिल बहादुर आले मगरको मलेसियामा नै अन्तिम संस्कार गरि अस्तु नेपाल पठाएको दूतावासले जानकारी दिएको छ ।
प्रतिक्रिया