नेकपा (एस) निकट पर्यटन व्यवसायी सङ्गठित, अध्यक्षमा अञ्जन कुमार थापा

४ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायीहरूको संगठन पर्यटन व्यवसायी संगठन नेपाल पुनर्गठन भएको छ । पार्टीका नेता तथा स्थायी समिति सदस्य मुकुन्द नेपालको प्रमुख आथित्यतामा सम्पन्न भेलाले पर्यटन व्यवसायी अन्जन कुमार थापाको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रिय समिति गठन गरेको हो । 

पुनर्गठित सङ्गठनमा अध्यक्ष अन्जन कुमार थापा, उपाध्यक्षहरू विरेन्द्र अधिकारी, दामोदर ढकाल, गणेश रिमाल, अर्जुनलाल प्रधान, हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेन्जिङ शेर्पा तथा रामकृष्ण तिमल्सिना रहेका छन् । 

त्यस्तै महासचिवमा बद्रि प्रसाद तिमल्सिना, उपमहासचिवमा नमराज गौली र केशव धिताल चयन भएका छन् । त्यसैगरी सचिवमा सुमन न्यौपाने, प्रदिप पण्डित, विष्णु बराकोटी , अच्युत गुरुङ , तिलक लोहनी तथा उत्तम कार्की रहेका छन् । संगठनको कोषाध्यक्षमा नवराज थापा तथा सहकोषाध्यक्ष सुनिल सिलवाल चयन भएकाे वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र थापाले जानकारी दिए । पुनर्गठित पर्यटन व्यवसायी संगठन नेपालमा ५५ केन्द्रिय सदस्य रहेका छन् । 

कार्यक्रम काठमाडौंको ठमेलमा सम्पन्न कार्यक्रममा बोल्दै वरिष्ठ पर्यटन व्यवसायी समेत रहेकाका अध्यक्ष थापाले कोभिड १९ का कारण तहस नहस भएको पर्यटन व्यवसायलाई पुनर्जीवन दिनका लागि सक्दो योगदान दिने बताए । उनले पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायीको हकहितका विषयमा काम गर्नका लागि आफू र आफ्नो संगठन सँधै अग्रसर रहने समेत बताए । महासचिव बद्रि प्रसाद तिमल्सिनाले पर्यटन क्षेत्रको विकास भएमात्र समग्र देशको विकास हुनेमा जोड दिए । 

नवगठित पदाधिकारीहरू सबै सचिवालय सदस्य रहने बताइएको छ । त्यस्तै मनोनित आठ जना उपाध्यक्षहरू मध्य सात जना सात प्रदेश र एकजना उपत्यका विशेष हेर्ने गरि गठन गरिएको छ । पर्यटन व्यवसायी संगठन नेपालको विशेष सल्लाहकार समितिमा मदन आचार्य, योगेन्द्र थापा, शिव लामिछाने, भीम पन्त तथा कृष्णहरि खत्रीलाई चयन गरिएको छ । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया