२४ घण्टामा १ हजार १ सय २३ जना संक्रमणमुक्त ९ जनाकाे मृत्यु

४ बर्ष अगाडि

गएको २४ घण्टामा ८ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९८ जनाको पीसीआर परिक्षण गर्दा ६५९ र २ हजार ६२१ जनाको एन्टीजेन परिक्षण गर्दा २०८ जनामा पोजेटिभ देखिएको हो । 

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ४२ जना पुगेको छ । 

कोरोना संक्रमितसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि घटेको छ । पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी २४ घण्टामा १ हजार १ सय २३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया