पोलभाडा नतिरेको भन्दै देशभर इन्टरनेटको तार काटियो

४ बर्ष अगाडि

पोलभाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेट कम्पनीको तार काटेको छ ।

प्राधिकरणले देशभरको तार काटेको हो । बढेको पोलभाडा तिर्न नमान्ने कम्पनीको इन्टरनेटको तार काटिएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय प्राधिकरण र इन्टरनेट सेवाप्रदायक कम्पनीबीच विवाद भइरहेको छ । प्राधिकरणले अव्यवस्थित तार व्यवस्थित बनाउने भन्दै पोल भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

तर, प्राधिकरणले एकलौटी रुपमा बढाएको पोलभाडा नतिर्ने भन्दै इन्टरनेट कम्पनीहरुले अडान लिइरहेका छन् ।

प्राधिकरणले देशभर रहेका आफ्ना १२९ वितरण केन्द्रमार्फत हरेक ठाउँमा सांकेतिक रुपमा तार काटेको हो ।

प्रत्येक वितरण केन्द्रले व्यवसायीलाई तर्साउने गरी एउटा÷एउटा तार मात्रै काटेका छन् । काठमाडौं उपत्यकाका १० वटा वितरण केन्द्रमार्फत पनि एउटा÷एउटा तार काटिएको प्राधिकरणले बताएको छ ।

यद्यपि, प्राधिकरणले डिसहोम, सीजी नेट र एनसेल लगायत कम्पनीको तार भने काटेको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया