साहस उर्जाको आईपीओ बाँडफाँड भोली, सेयर पाउने भाग्यमानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - साहस उर्जा कम्पनी लिमिटेडको (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ । 

असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको उक्त आईपीओको बाँडफाँड भोलि निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान ९ बजेदेखि हुनेछ । 

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो । 

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५।६२ गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ६ लाख ४४ हजार जना आवेदकले १० कित्ता सेयर हात पार्नेछन् । बाँकी आवेदकको भने हात खाली हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया