पहिराले विद्यालय भवन भत्केपछि यहाँका कलिला बालबालिका बाँसको टहरामुनि बसेर पढ्न बाध्य छन् । गत भदौ २४ र २५ गतेको पहिराले काठेखोला गाउँपालिका–१ पालास्थित सरस्वती प्राथमिक विद्यालयको आठ कोठे भवन क्षतिग्रस्त बनाएको थियो ।
नजिकै सडकछेउ पाल टाँगेर बनाइएका अस्थायी टहरामा विद्यालयको पठनपाठन भइरहेको प्रधानाध्यापक बलबहादुर थापाले बताए । दुई टहरामा कक्षा ५ सम्मका बालबालिकाले आलोपालो गरेर पढ्छन् । टहरा बनाउन रेडक्रस जिल्ला शाखाले दुई, स्थानीय जनएकता सामुदायिक संस्थाले एउटा र गाउँलेले दुई पाल विद्यालयलाई दिएका थिए ।
बाँस पनि घरगाउँबाट उठाइएको प्रअ थापाले बताए । विद्यालय पहिलेदेखि नै पहिराको जोखिममा थियो । पाँच सय मिटरमाथिबाट पहिरो आउँदा विद्यालय पुरिएको हो । भवनमा क्षति पुग्दा विद्यालयको प्रशासनिक कार्यालयसमेत छैन । कक्षाकोठा नहुँदा बालबालिका कठिन स्थितिमा छन् । शिक्षकलाई सिकाइ सहजीकरणका लागि पनि समस्या छ ।
गण्डकी विश्वविद्यालय स्थापनाको दुई वर्षपछि पढाई सुरु
गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले भोलि आइतबारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो ।
नेपालमै पहिलो पटक खेलकूद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) र ब्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी ९बिआइटी० विषयको पढाइ सुरु गर्नुअघि विश्वविद्यालयले पहिलो सत्रमा भर्ना भएका विद्यार्थीलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
उक्त विश्वविद्यालयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (विएसएम)मा १६, व्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी (विआइटी) मा ३१ र विफर्मामा २० गरी ६७ विद्यार्थी भर्ना भएका छन् ।
प्रतिक्रिया