एनआारएनए हङकङद्धारा १७ लाख १९ हजार बराबरको स्वास्थ्य सामग्री अपलब्ध

४ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार पत्रकार समाजलाई गैरआवासीय नेपाली संघ ९एनआरएनए० हङकङले फेस मास्क उपलब्ध गराएको छ । 

एनआरएनए हङकङका निवर्तमान अध्यक्ष टीका गुरूङ र वर्तमान अध्यक्ष गोकर्ण ढकालले हङकङस्थित बेनेभोलेन्स च्यारिटी हल लिमिटेडसँगको सहकार्यमा पठाएको १५ हजार पिस मास्क समाजका अध्यक्ष उद्वव भट्टराई र उपाध्यक्ष रेशमराज पौडेललाई एनआरएनएका तर्फबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरूङले हस्तान्तरण गरे । 

समाजका अध्यक्ष भट्टराईले समाजलाई मास्क प्रदान गरेकोमा एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष गुरुङ तथा ढकाल र समन्वय गरिदिने व्यवसायी गुरुङप्रति आभार व्यक्त गर्दै उपलब्ध भएको मास्क समाजका सदस्यहरुलाई छिटोभन्दा छिटो हस्तान्तरण गर्ने बताए । 

एनआरएनए हङकङले समाजसहित तिलगंगा आँखा अस्पताल, नमोबुद्ध गुम्बा काभ्रे, नुवाकोट जिल्ला अस्पताल, बागलुङ जिल्ला अस्पताल, भानु नगर अस्पताल किर्तिपुर नगरपालिका, बारा जिल्ला अस्पताल बेगनास अस्पताल, गुल्मी जिल्ला अस्पताल, बाजुरा जिल्ला अस्पताल, भिमाद प्राथमिक स्वास्थ सेवा केन्द्र र शिवगञ्ज नगर अस्पताल लगायतलाई १७ लाख १९ हजार फेस मास्क उपलब्ध गराएको बताएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया