दुबईको एक कम्पनीले माग्यो ६०० नेपाली कामदार, मासिक तलब तथा सेवासुविधा कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं - दुबईको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको khidmah sole proprietorship LLC कम्पनीले क्लिनरका लागि ३०० जना पुरुष र ३०० जना महिला गरी जम्मा ६०० जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित २५ हजार माथि पाउनेछन् । इच्छुक कामदारले JOBTRACK recruitment pvt. ltd. को कार्यालय धापासी काठमाडौंमा असोज १९ र २० गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया