टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिइने

४ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचल कार्यालयले जनशक्तिको समस्या रहेको भन्दै टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिने बताएको छ । 

शुक्रबार एक सुचना जारी गर्दै उक्त कार्यालयले अनलाइन प्रणालीको शुक्रबार र भौतिक उपस्थितिका लागि बिहान नौ बजे र सवा दश बजे दुई पटक सीमित संख्यामा टोकन जारी गर्ने भन्दै चनाखो भएर कम्प्युटरमा अनलाइन प्रणालीका आधारमा टोकन लिन भनेको छ ।

टोकन सीमित हुनेभएकाले आफ्नोे सिट सुरक्षित गरी भौतिकरूपमा उपस्थित हुने सेवाग्राहीहरूले फारममा उल्लेख भएको मितिमा कार्यालयमा उपस्थित भई श्रम स्वीकृति नवीकरण गराउन सक्ने बताएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया