अपि पावरले विद्युत् नियमन आयोगबाट पायो १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशनको स्वीकृति

४ बर्ष अगाडि

काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न नियामक निकाय विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ ।

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनका लागि निवेदन दिनुपूर्व विद्युत् नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था बमोजिम स्वीकृति पाएको हो । 

कम्पनीको भदौ २५ मा सम्पन्न साधारणसभाले बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरिएको थियो । 

कम्पनीले यसै आर्थिक वर्षबाट ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य करिव ३५ प्रतिशत सम्पन्नभई सकेको छ । आगामी वर्ष देखि यो आयोजना संचालनामा आउनेछ । हकप्रदबाट संकलित पूँजि यसै आयोजनाको निर्माणमा लागि रहेका जानकारी कम्पनीले गराएको छ । 

यसै आर्थिक वर्षमा कम्पनी चन्द्र निगाहपूरमा ४ मे।वा। क्षमताको ग्रिडमा आवद्धसौर्य आयोजनाको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याएको छ । साथै दल्केबरमा १ मे।वा। क्षमता र सिमरामा १ मे।वा। क्षमताका आयोजनाहरु २०७८ साल मंसिर मसान्त भित्र संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

यी सबै आयोजनाको निर्माण कार्य पश्चात अपी पावर कम्पनीलि ६२.५ मे.वा. को कम्पनी हुनेछ । आगामी वर्ष देखि कम्पनीको मुनाफामा उल्लेख्या वृद्धि हुनेछ र कम्पनीले दोहोरो अंकको आर्कषक लाभांश उपलब्ध गराउने समेत जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया