युएईले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं - युएईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । यूएईको all najma al fareeda international security llc कम्पनीले सेक्युरिटी गार्डका लागि ५० जना नेपाली पुरुष  कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३८ हजार माथि पाउनेछन् । इच्छुक कामदारले सरोन म्यानपावर सर्भिस प्रालिको कार्यालय बानेश्वर काठमाडौंमा असोज २२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया