काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ११३ र एन्टिजेन विधिबाट ३ हजार २५५ गरि कुल १३ हजार ३६८ जनाको परीक्षण गर्दा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९ सय ३८ जना निको भएका छन् भने थप १३ जनाको मृत्यु भएको छ । यो संगैं मुलुकभर ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १४८ जनाको मृत्यु भएको छ ।
हाल देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया