ढोकाको ताल्चा फुटाएर ६ लाख ९२ हजार बराबरको गहना चोरी

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा घर फुटाएर गहना चोरी भएको छ । 

धर्मस्थलीस्थित ढकालटार बस्ने ईश्वरप्रसाद श्रेष्ठको घरबाट बिहीबार ७ तोला गहना चोरी भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

दिउँसोको समयमा श्रेष्ठ परिवार पाहुना लाग्न गएको बेलामा चोरीमा संलग्न समूहले करिब ६ लाख ९२ हजार बराबरको गहना चोरेका हुन् । 

ढोकाको ताल्चा फुटाएर गहना चोरेको भेटिएको छ । चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया