यी हुन् विश्वका सबैभन्दा धनी ४ फूटबल खेलाडी, कसको कति सम्पत्ति ?

४ बर्ष अगाडि

एजेन्सी - फुटबल सबैभन्दा प्रसिद्ध र संसारभरि रुचाइएको खेल हो । फुटबल एक विश्वव्यापी खेल हो जुन विश्वका २०० भन्दा बढी देशहरूमा खेलाइन्छ । यो खेलमा संसारका ३.५ बिलियन बढी प्रशंसकहरू छन् । 

फुटबल सबैभन्दा धेरै हेरिएको खेल मध्ये एक हो । फुटबल सबैभन्दा लोकप्रिय खेल भएकोले फुटबलरहरु धेरै पैसा कमाउनेमा पर्दछन् । यहाँ चार्चा गरिएको छ विश्वका सबैभन्दा धनी ४ फुटबल खेलाडीको बारेमा ।

क्रिस्टियानो रोनाल्डो 
पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पुरुष फुटबलमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । उनी फुटबलको इतिहासमा सबैभन्दा महान् खेलाडी पनि हुन् । साथै उनी विश्वका धनी फूटबल खेलाडीमा पर्छन् । उनी २०२१ को सबैभन्दा धनी खेलाडी हुन् ।

उनको नाइकी, हर्बालाइफ, डेजन, जस्ता उत्कृष्ट ब्रान्डहरू सँग सहकार्य रहेको छ । उनको आफ्नै ब्रान्ड पनि रहेको छ । उनी सबैभन्दा धनी फुटबल खेलाडीहरूको सूचीमा १ नम्बरमा छन् । उनको कुल सम्पत्ति २०२१ मा करिब ५०० मिलियन डलर अनुमान गरिएको छ ।

उनी म्यान्चेस्टर युनाइटेडका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन् । उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए । उनले चार पटक बेलन डिुओर जितिसकेका छन् । उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्वाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तिमान पनि उनकै नाममा छ । 

उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन् । सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ६०० भन्दा बढी गोल गरिसकेका छन् ।उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल माघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो ।

रोनाल्डोले पोर्चुगल राष्ट्रिय फुटबल टोलीबाट सात प्रमुख प्रतियोगिताहरू खेल्दै देशलाई पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधिको रूपमा युइएफए युरो २०१६ जिताएका थिए । उनी पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनलाई सन २०१६ र २०१७ मा इएसपिएन र फोर्ब्सले क्रमशः सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए ।

डेभिड बेकहम
फुटबल सेलिब्रेटी एवं बेलायतका पूर्व फुटबल कप्तान डेभिड बेकहम फुटबलको इतिहासमा सबैभन्दा महान फुटबलर मध्ये एक हुन् । उनी आफ्नो पासिंग क्षमता, पार, र क्लासिक मुक्त किकको लागी परिचित छन् । उनीआफ्नो पुस्ताको महान मिडफिल्डरको रूपमा मान्यता प्राप्त छ ।

फुटबल जगतमा सबैभन्दा धेरै कमाउनेको सुचीमा उनलाई पनि राखिएको छ । सन् २०१३ मा उनी विश्वकै सबैभन्दा धेरै तलब पाउने खेलाडीको सूचीमा परेका थिए । डेभिड बेकहमको कुल सम्पत्ति ४५० मिलियन डलर अनुमान गरिएको छ । यसले उनलाई २०२१ मा क्रिस्टियानो रोनाल्डो पछि विश्वको दोस्रो सबैभन्दा धनी फुटबलर बनाएको छ । 

उनी विश्वका सबैभन्दा हेन्सम फूटबल खेलाडीमा पनि पर्छन् । उनले आफ्नो क्यारियर म्यानचेस्टर युनाइटेड बाट शुरू गरेका थिए ।  उनले १९९२ मा १७ बर्षको उमेर आफ्नो पहिलो टीम डेब्यू गरेका थिए। युनाइटेड संगै, उनले ६ पटक प्रिमियर लिग, २ पटक एफए कप, र ११९९ मा यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

लियोनल मेस्सी 
लियोनल मेस्सी अर्जेन्टिनी फुटबल खेलाडी हुन् । हाल फ्रान्सेली क्लब पेरिस सेन्ट९जर्मेनबाट लिग वान (लिग-१) र अर्जेन्टिनाको लागि अग्रपङ्क्तिको रूपमा खेल्दै आएका छन् । उनी आफैं एक ब्रान्ड हुन् । फुटबलको दुनियामा उनको लागी कुनै परिचय को आवश्यकता छैन । उनीसँग एडिडास, गेटोरेड, पेप्सी, जिलेट, र टर्कीस एयरलाइन्स जस्ता ठूला ब्रान्डहरू सँग प्रायोजन सम्झौता छ ।

मेस्सी हाल २०२१ मा विश्वको तेस्रो सबैभन्दा धनी फुटबलर हुन् । उनीसँग धेरै मूल्य तिर्ने ब्राण्डहरु सँग धेरै मूल्यवान प्रायोजन सम्झौताहरु छन् । २०२१ मा उनको कुल अनुमानित सम्पत्ति ४०० मिलियन डलर रहेको छ । यसअघि उनी ला लिगामा प्रतिस्पर्धा गर्ने क्लब बार्सिलोनाको लागि खेल्ने गरेका थिए । मेसीलाई आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छ । उनले २१ वर्षको उमेरमानै बेलोन डीु ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि जितेका थिए। उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना गरिन्छ ।

मेसीले कम उमेरमानै फुटबल खेल्न शुरू गरे र चाँडै नै बार्सिलोनाले उनको क्षमता पहिचान गर्‍यो । उनले सन् २००० मा रोसारियोमा अवस्थित न्युवेल्स ओल्ड ब्वाइज युवा टिम छोडेर आफ्नो परिवारसित युरोप आए, किनकि बार्सिलोनाले उनको विकास हार्मोनको कमीको लागि उपचार गरिदिने प्रस्ताव राखेको थियो । 

सन् २००४-५ सिजनमा पहिलो पटक मैदानमा ओर्लेर उनले सबैभन्दा कम उमेरमा लिग खेल खेल्ने फुटबल खेलाडीको ला लिगा रेकर्ड तोडे र साथै सबैभन्दा कम उमेरमा लिग गोल स्कोर गर्ने खेलाडी बने । मेसीको प्रथम आगमनमै उनले बार्सिलोनालाई ला लिगा जिताउन सफल भए र सन् २००६ मा पुनस् सो लिग र युइएफए यूरोपियन च्याम्पियनशीप जिताएर चाँडै नै प्रमुख सम्मान प्राप्त गरे । 

सन् २००६-७ उनको सफलताको सिजन थियोस् एल क्लासिकोमा एक ह्याट्रिक र २६ लिग म्याचहरूमा १४ गोल गर्दै, उनले नियमित रूपले खेल जित्ने पहिलो समुहमा ठाउँ बनाए। सम्भवतः सन् २००८-९ को सिजन उनको सबैभन्दा सफल सिजन थियो, जसमा मेसी ३८ गोल गर्दै लगातार तेस्रो विजय अभियानको अभिन्न अङ्ग बने ।

मेसी, २००५ फिफा विश्व युवा च्याम्पियनसिपमा अन्तिम खेलमा २ गोल सहित जम्मा ६ गोल गरी शीर्ष स्कोर गर्ने खेलाडी बने । त्यसको लगत्तै, उनी अर्जेन्टिनाको अन्तर्राष्ट्रिय टिमको एक सदस्यको रूपमा स्थापित भए । सन् २००६ मा, उनी अर्जेन्टिनाबाट फिफा विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरको खेलाडी बने र अर्को वर्ष उनले कोपा अमेरिका प्रतियोगितामा उप९विजेताको पदक जित्न सफल भए ।

सन् २००८ मा, उनले अर्जेन्टिना ओलम्पिक फुटबल टिमसँग बेइजिङमा भएको ओलम्पिक खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय सम्मान, ओलम्पिक स्वर्ण पदक जितेका थिए । २०२१ ब्राजिल मा भएको कोपा अमेरिका को उपाधि पनि मेसी कै कप्तानीमा अर्जेन्टिनाले जितेको थियो ।

नेमार जूनियर
नेमार जूनियर हाल ब्राजिलका सर्वश्रेष्ठ फुटबलर मध्ये एक हुन् । उनी लिग १ क्लब पेरिस सेन्ट जर्मेनका लागि खेल्छन् । उनी व्यापक रूपमा आफ्नो कौशल चाल र उनको उत्कृष्ट क्षमताको लागी परिचित छन् ।

नेयमार २२२ मिलियन पाउण्डको स्थानान्तरण शुल्क लिएर बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन जादा रेकर्ड राखेका थिए । त्यहि कारण उनी फुटबलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् ।  स्पोर्ट प्रोले उनलाई २०१२ र २०१३ मा विश्वको सबैभन्दा धेरै बिक्री हुने एथलीटहरु मध्ये एकको रुपमा राखेको थियो । नेयमारको सम्पत्ति २०२१ मा करिब २०० मिलियन डलर अनुमान गरिएको छ जसले उनी २०२१ मा विश्वको चौथो धनी फुटबलर मानिन्छ ।

नेमार सानै उमेरमा प्रसिद्धिमा पुगे । उनले १७ वर्षको उमेरमा आफ्नो व्यावसायिक करियर शुरुआत गरे । नेयमारले २०११ र २०१२ मा दक्षिण अमेरिकी फुटबलर अवार्ड जिते पछि बार्सिलोनामा आबद्ध भए । बार्सिलोनाको लियोनल मेस्सी र लुइस सुआरेज सँग आक्रमण गर्ने तेस्रो भागको रूपमा उनी स्थापित भए । उनी २२२ मिलियन पाउण्डको रेकर्ड सम्झौता पछि बार्सिलोना बाट पेरिस सेन्ट जर्मेनमा आबद्ध भए र उनी संसारको सबैभन्दा महँगो खेलाडी बने ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया