१, २, २५ र २५० दरका नोटको छपाइ बन्द

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले १, २, २५ र २५० दरका नोटहरूको छपाइ बन्द गर्ने भएको छ । 

उक्त दरका नोटहरूको माग नभएको र छपाइ मूल्य महँगो परेकोले ती नोटहरू छाप्न बन्द गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । ११ प्रकारका नोटहरू छपाइ गर्दै आएकोमा हाल चलनचल्तीमा रहेका सात प्रकारका नोटहरू मात्र छपाइ हुने बताइएको छ । 

रु २५ र २५० दरको नोट स्मारिका नोटका रूपमा पहिलो पटक वि. सं २०५३ मा छापिएको थियो भने छपाइ बन्द गरिएका नोटहरू सङ्कलनका लागि देशैभरका शाखाहरूलाई पत्राचार गरिएको राष्ट्र बैंकले जनाएको छ ।

जब पाँच सय र हजारका नोट भट्टीमा हालेर जलाइन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया