काठमाडौं, बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा करिब साढे २१ लाख आवेदकबाट आवेदन परेको छ ।
आवेदन परेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा २१ लाख ४२ हजार जना आवेदकबाट २ करोड ६९ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ३६.१८ गुणा बढी हो ।
बुद्धभूमिले असोज ११ गतेबाट प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । यस मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।
प्रतिक्रिया