काठमाडौं, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी १२.६ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनी सञ्चालक समितिको असोज १४ गते दिनको ३ बजे बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
यसैगरी बैठकले कम्पनीको २० औँ वार्षिक साधारणसभा (एजीएम) पनि डाकेको छ। सभा आउँदो कात्तिक १२ गते जुममार्फत गर्ने सञ्चालन समितिले निर्णय गरेको छ।
सोही सभाले नगद लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
प्रतिक्रिया