शेयर किनबेच ह्वात्तै घट्यो, जम्मा ३ अर्ब ७० करोड कारोबार

४ बर्ष अगाडि

साताको अन्तिम दिन नेपाली सेयरबजार कारोबार निकै घटेको छ । लगानीकर्ताले शेयर किनबेच नगर्दा  चार महिना यताकै सबैभन्दा कम कारोबार भएको हो । 

बिहीबार जम्मा ३ अर्ब ७० करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ । आज २५ कम्पनीको ४९ हजार ८ सय ३५ वटा कारोबारमार्फत ७३ लाख २१ हजार १४ कित्तामात्रै शेयर किनबेच भएको छ । 

कारोबार घटेसँगै पछिल्लो तीन लगातार घटेर हिँजो बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । 

शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४१ अंकले घटेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया