काठमाडौं-साताको अन्तिम कारोबार दिन आज (बिहीबार) शेयर बजार फेरी ओरालो लागेको छ । हिजो बुधबार ५०.५८ अंकले बढेर सकरात्मक संकेत देखाएको बजार आज फेरी घटेको हो ।
बिहीबार कारोबारको अन्तिम समयसमम्म आइपुग्दाँ नेप्से परिसूचक ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा पुगेको छ । नेप्से १.२२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ विन्दुमा झरेको छ ।
लगानीकर्ताले शेयर किनबेच नगर्दा सात महिना यताकै सबैभन्दा कम कारोबार भएको हो । बिहीबार जम्मा ३ अर्ब ७० करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ । आज २२५ कम्पनीको ४९ हजार ८ सय ३५ पटकको कारोबारमा ७३ लाख २१ हजार १४ कित्तामात्रै शेयर किनबेच भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूह बढेको छ । व्यापार, अन्य र म्युचुअल फण्ड उपसमूह बाहेक बाँकी १० वटा उपसमूहको सेयर घटेको हो ।
यस्तै, ३ वटा कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स कम्पनी लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । नेपाल फाइनान्स कम्पनी लिमिटेडको सेयरमुल्य १० प्रतिशतले बढेर ५ सय २८ रूपैयाँ पुगेको छ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमुल्य १० प्रतिशतले बढेर २ हजार एक सय १९ रूपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ९५ रूपैयाँ ९० पैसा पुगेको छ ।
त्यसैगरी, बिहीबार नेपाल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १२ करोड ७७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया