ब्लड क्यान्सरपीडित बालकलाई १५ लाख ८७ हजार बढी सहयोग

४ बर्ष अगाडि

काठमाडौं - ब्लड क्यान्सर रोगले पीडित सात वर्षीय बालक अङ्कित रानाको उपचारमा १५ लाख बढी रकम जुटेको छ । 

रामपुर नगरपालिका– ५ रानाटोल बस्ने क्यान्सरपीडित रानाको उपचारमा सहयोगार्थ अङ्कित राना बचाउ अभियानमार्फत उक्त रकम जुटेको हो । हालसम्म १५ लाख ८७ हजार २४९ सङ्कलन गरी परिवारलाई हस्तान्तरण गरिएको अभियानका संयोजक रामबहादुर रानाले बताए । 

भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत रानाको उपचारमा सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोग रकम प्राप्त भइरहेको छ । 

बालक रानाको बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार भइरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया