मास्क नलगाउने यात्रुलाई सवारी साधनमा पस्न नदिइने, आजदेखि मेला, महोत्सव बन्द

४ बर्ष अगाडि

काठमाडौंमा मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहीबार आदेश जारी गर्दै यस्तो कडाइ गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेश अनुसार चालकले मास्क, भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्ने छ भने सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजर राख्नुपर्ने छ । कुल सिट क्षमताभन्दा धेरै यात्रु राख्न पनि प्रशासनले रोक लगाएको छ । 

त्यस्तै आजैदेखि अनावश्यक रूपमा भिडभाड, मेला र महोत्सव गर्न पनि नपाइने भएको छ । 

घर बाहिर मानिसहरू जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने उल्‍लेख छ । बैठक गोष्‍टठी, सेमिनारहरू गर्नु परे भर्चुअल माध्यमबाट गर्नुपर्ने उल्‍लेख छ । 

यदि गर्नै पर्ने भएमा स्वास्थ्य मापदण्‍डको पालना गर्नुपर्ने उल्‍लेख गरिएको छ । कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरू पनि सांकेतिक रूपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया