प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराउने बुद्ध एयरका पाइलटले प्रतिवेदन नआएसम्म विमान चलाउन नपाउने

४ बर्ष अगाडि

काठमाडौं - प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएका बुद्ध एयरका पाइलटलाई कम्पनीले ‘ग्राउन्डेड’ गरेको छ । क्याप्टेन आङ्गेलु शेर्पालाई छानविन प्रतिवेदन नआउँदासम्मका लागि विमान चलाउन रोक लगाइएको हो ।

नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार पाइलटलाई ग्राउन्डेड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले उक्त घटनाका सम्बन्धमा क्यान र कम्पनीले समेत छानविन गरिरहेकाले पाइलटलाई नियमानुसार ग्राउन्डेड गरिएको जनाएको छ ।

क्यानका अनुसार छानविनको रिपोर्ट नआउँदासम्म शेर्पाले आफ्नो लाइसेन्स प्रयोग गर्न पाउने छैनन् । तर प्राधिकरणले प्राविधिक समस्या देखिएको जहाजलाई २४ घन्टाभित्रै उडान अनुमति दिइसकेको छ । 

सो विमान अहिले पनि पूर्ववतरुपमा यात्रु ओसारिरहेको छ । गत सोमबार बिहन ८:३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमान चक्का नखुलेर अवतरणमा समस्या आएको थियो ।

जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य सवार थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया