नेप्सेमा सूचीकत भएको ४ दिनसम्म पनि हुन सकेन मानुषी लघुवित्तको शेयर कारोबार

४ बर्ष अगाडि

काठमाडौं, मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकत भएको चौथो कारोबार दिनसम्म पनि खरिदबिक्री हुन सकेन।

नयाँ सूचीकृत हुने कम्पनीको दोस्रो बजारमा कारोबार हुनको लागि पहिले स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनुपर्ने हुन्छ। कम्पनीको शेयर स्पेशल प्रि ओपन सेसनमै कारोबार हुन नसकेपछि आजसम्म पनि कारोबार हुन सकेको छैन।

लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर गत आइतबार नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १३२ रुपैयाँ ६९ पैसा देखि अधिकतम ३९८.०७ ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। 

४ बर्ष अगाडि

प्रतिक्रिया