कारोबार खुलेको ५ मिनेटमै दुई कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा कारोबार खुलेको ५ मिनेटमै दुई कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो । दुवै कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।

नेपाल फाइनान्सको शेयरमुल्य रु.४८ ले बढेर प्रतिकित्ताको मुल्य रु.५२८ र मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्य रु.१९२.७० बढेर प्रतिकित्ताको मुल्य रु.२ हजार ११९.७० पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया