काठमाडौं - जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले असोज ७ गतेदेखि सर्वसाधारण समूहको ३२ लाख २९ हजार सात सय २४ कित्ता र संस्थापक समूहको तीन करोड ३० लाख कित्ता गरी जम्मा तीन करोड ६२ लाख २६ हजार सात सय २४ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
सर्वसाधारणतर्फ न्यूनतम एक सय कित्ता र संस्थापकतर्फ न्यूनतम एक करोड कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम संख्याको लागि भने कुनै हद तोकिएको छैन । यसमा न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा भाग लिनु पर्नेछ ।
बिहीबार कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआईडीसीएलले जनाएको छ । कम्पनीको बोलपत्र आवेदन फारम लिन र बुझाउन बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल नक्साल, काठमाडौंबाट सकिनेछ ।
प्रतिक्रिया