प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं,साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन ५०.५८ अंक बढेर २६६५.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५१ अंक बढेर २६६७.४५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.२७ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा २१ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया